Premier Cables
Premier Steel

अपराध

गुण्डा नाइके सानुभाई उर्फ युवराज गुरुङ पक्राउ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।‘सानुभाई’ उपनामले चिनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको ठमेल क्षेत्रबाट गएराति पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गुरुङ नगरकोट दोहोरी साँझमा भएको झगडा र कुटपिटको घटनामा संलग्न थिए। अत्यधिक मदिरा सेवनपछि दुई पक्षबीच विवाद भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

बिज्ञापन

घटनास्थलबाट नुवाकोटको सूर्यगढी गाउँपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथरको फिदिम नगरपालिका–१० का २६ वर्षीय दिलकुमार तुम्बाफोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार, पक्राउ परेका ती व्यक्तिहरूले प्रहरीमाथि समेत दुर्व्यवहार गरेका थिए।

घटनासम्बन्धी पीडित प्रहरीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka