Premier Cables
Premier Steel

अपराध विराटनगर समाचार

जवर्जस्ती करणी आरोपमा विराटनगर बाट प्रहरी जवान पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | साँझ ५:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय प्रहरी जवान आजाद मियाँ रहेका छन्। पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा मियाँलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार मियाँविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न बिहीबार अदालतबाट म्याद थप गरिएको छ। अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

बिज्ञापन

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सञ्चार शाखामा दरबन्दी रहेका मियाँ साउन ४ गतेदेखि उक्त कार्यालयमा कार्यरत थिए।
पीडितले दिएको जाहेरीमा मियाँले विराटनगर महानगरपालिका–१७ की युवतीलाई ललाइफकाइ तथा विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको आरोप लगाइएको छ। यद्यपि घटनाको वास्तविक अवस्था थप अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा अन्य पक्षमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa