Premier Cables
Premier Steel

अपराध समाचार

धरानमा खुकुरी प्रहारबाट युवक गम्भीर घाइते, चार जनाको खोजी तीव्र

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १७, २०८३  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोकमा शनिबार साँझ भएको धारिलो हतियार प्रहारको घटनामा एक युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनाको खोजी तीव्र बनाएको छ।

शनिबार साँझ करिब ७ः३० बजे २० वर्षीय नीलकमल राईमाथि एक समूहले ढाडमा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ। गम्भीर घाइते भएका राईलाई स्थानीयवासीले तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए।

बिज्ञापन

अस्पतालका अनुसार राईको आइसियुमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा धरान–५ का २३ वर्षीय ‘जोनसेना’ (पूरा परिचय खुल्न बाँकी), १९ वर्षीय सुमन लिम्बू, १७ वर्षीय हनक राई र दशघरेका २३ वर्षीय किरण राईको संलग्नता रहेको खुलेको छ। घटनापछि उनीहरू फरार रहेकाले खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूलाई पक्राउ गरी घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक प्रमाण संकलनसहित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa