Premier Cables
Premier Steel

अपराध कोशी प्रदेश समाचार

देवानगंज घटनाको छानविन गर्न गठीत समितिले काम थाल्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १२, २०८३  | साँझ ४:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर–सुनसरीको देवानगंजमा एक जनाको ज्यान जानेगरि भएको घटनाको छानविन गर्न बनेको ५ सदस्यीय टोलीले घटनास्थलमा गएर छानविन सुरु गरेको छ ।
गृहमन्त्रालयले गहृकै सह सचिव भुपेन्द्र थापाको संयोजकत्वमा सोमबार ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त समितिले सोमबार नै इनरुवा आएर काम सुरु गरि सकेको छ । समितिले ७ दिन भित्रमा सरकारलाई प्रतिवेदन बुझाउने छ ।
गृहसचिव थापा संयोजक रहेको छानविन समितिमा नेपाल प्रहरीका एसपी विपीन रेग्मी, शसस्त्रका एसपी बिक्रम हुमागाई, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका उप सचिव शालिग्राम भण्डारी र सनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने रहेका छन ।
आइतबार राती सुनसरीको देवागंज गाउँ पालिका ३ कप्तानगंजमा बोलबमका लागि तयारी गर्दै गरेको बेला बजाएको डिजेको कारण उत्पन्न विवादले झडपको रुपलिदा प्रहरीको गोलीबाट एक जानको मृत्यू भएको र ९ जना स्थानिय गोली लागि घाइेत भएको थिए । झडपमा शसस्त्र र नेपाल प्रहरीका १५ जना समेत घाईते भएका थिए ।
स्थानिय प्रशासन र प्रहरीले घटना हुनुपूर्व नै वा घटना लगत्तै स्थितिलाई समान्य बनाउन चुकेको भन्दै स्थानियले सोमबार देखी देवानगंज, हरिनगरा, इनरुवा, लौकही लगायतका बजारहरुमा प्रर्दशन गरि बजार बन्द गर्नूका साथै यातायत समेत अबरुद्ध गरेका थिए । घटनाको विरोधमा सोमबार दिनभरि पूर्वपश्चिम राजमार्ग अवरोध गरेका थिए ।
घटनाको विरोध गर्दै मंगलबार पनि देवानगंज क्षेत्र अशान्त रहेको छ । हरिनगर, इनरुवा, लौकही, दुहवी र विराटनगर बजार बन्द रहेका छन । सुनसरीका एसपी पुष्पराज मल्लले देवानगंज क्षेत्र केही अशान्त रहेपनि संयुक्त सुरक्षा फौजले परिस्थितिलाई समान्य बनाउन प्रयास गरिरहेको बताए ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa