Premier Cables
Premier Steel

कोशी प्रदेश

नेता घोषणा गरेर अघि बढ्ने कांग्रेस इतर समूहको तयारी

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | अपराह्न १२:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक खटपट र किचलो उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले गरेको एकता आह्वानलाई चुनौती दिँदै इतर पक्षले आन्तरिक गतिविधि सक्रिय पारेका छन् ।

तत्कालीन सभापति शेरबहादुर देउवा आउनासाथ निर्णयको तयारी पनि सो समूहले गरेको स्रोत बताउँछ ।

बिज्ञापन

कांग्रेस संस्थापन पक्षले पार्टीमा एकताका लागि बृहत् सहमति कायम गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेतालाई सातबुँदे प्रस्ताव पठाएको थियो । उक्त प्रस्ताव पठाएको पनि दुई साता नाघिसकेको छ ।

संस्थापनबाट पठाएको प्रस्तावमा देउवा–खड्का पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । उपसभापति विश्वप्रकाशशर्माले संस्थापन इतर शीर्ष नेताहरूलाई गत जेठ १६ मै एकताका लागि प्रस्ताव पठाएका हुन् ।
संस्थापन पक्षको प्रस्तावमा आफुहरुबीच कुनै छलफल नभएको देउवा–खड्का पक्ष निकट नेताहरुले बताएका छन् ।

यहीबीचमा गत आइतबार (जेठ ३१) विराटनगरमा भएको संस्थापन इतर पक्षको भेलामा कांग्रेस नेता डा.शेखर कोइरालाले सभापति गगन थापाले ‘सहमति जनाइएको विषय भन्दा बाहिर गएर कुरा फेरेको’ भन्दै आरोप लगाए ।

कांग्रेस इतर पक्षका अर्का नेता कृष्णप्रसाद सिटौलाले सातबुँदे पत्र पठाएर उपसभापति शर्माले ‘नाटक गरेको’ आरोपसमेत लगाएका थिए ।

नेता कोइराला र सिटौलाका यी भनाइले पनि कांग्रेसभित्र बृहत् सहमति ‘धुमिल’ बन्दै गएको नेताहरुको टिप्पणी छ । क्रियाशिल सदस्यता अद्यावधिक अभियानमा इतर पक्ष निस्क्रिय बसेको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कावा सभापति पुर्णबहादुर खडका, नेता डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौलासहितका शीर्ष नेताहरूले नै क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् ।

महाधिवेशन प्रतिनिधि छनोटमा ‘सार्वभौम’ मानिने क्रियाशील सदस्यताका लागि नै सहभागी नहुनुले पनि थप आशंका उठेको छ ।

क्रियाशील सदस्य नहुनेले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने स्पष्ट जानकारी हुँदाहुँदै किन इतर पक्ष सहभागी भइरहेको छैन ? निवर्तमान सभापति शेरबहादुर देउवा निकट एक नेताले भने, ‘‘इतर पक्ष विशेष अधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय समितिले १५औँ महाधिवेशन गर्नै सक्दैन भन्ने निष्कर्षमा करिबकरिब पुगिसकेको छ । यसैमा बसेर महाधिवेशनमा जानुको औचित्य छैन भन्ने निष्कर्ष छ ।’’

ती नेताका अनुसार अहिलेका लागि कांग्रेस इतर पक्ष पाँचवटा विकल्पमा छलफलमा छ ।

पहिलो– सहमतिमा जान विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन नसक्ने कारण भंग गर्नुपर्ने ।

दोस्रो– केन्द्रीय समिति भंग गरी नयाँ निर्वाचन समिति बनाउनुपर्ने ।

तेस्रो– मागहरुबारे अझै केहीदिन पर्खिने ।

चौथो– संस्थापनबाट दुई–तीन दिनमा माग सम्बोधनमा नरम नभए इतरसमूहको नेता घोषणा गरेर अघि बढ्ने ।

त्यसका लागि शेखर कोइराला, शशांक कोइराला, पूर्णबहादुर खड्कालगायतको नाममा छलफल भइरहेको छ । यसबारेमा अझै निर्णय भएको छैन ।

पाँचौं– माथि उल्लेखित नेता तयार नभए थप विकल्पमा छलफल गरेर अघि बढ्ने ।

‘‘यी विषयमा भित्री होमवर्क चलेको छ । संभवतः चाँडै नै एक खालको दृष्य बाहिर आउला,’’ ती नेताले भने ।

उपसभापति शर्माले पठाएको प्रस्तावको पहिलो बुँदामै विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक तथा सर्वोच्च अदालतबाट भइसकेको अन्तिम निर्णयलाई स्वीकार गर्दै एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa