Premier Cables
Premier Steel

अपराध

चम्पारण प्रहरीद्वारा नक्कली २५ लाख नेपाली रुपैयाँसहित १० जना पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ २०, २०८२  | बिहान ९:५७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । २५ लाख रुपैयाँ बराबरका नेपाली नक्कली नोटसहित १० जना पक्राउ परेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतमा छापी नेपाल भित्र्याउने तयारी गरिएको नक्कली नोटसहित उनीहरू पक्राउ परेका हुन्।

पूर्वी चम्पारण प्रहरी र विशेष कार्यबल (एसटिएफ) को संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नक्कली नोट रक्सौल नाकामार्फत नेपाल भित्र्याउने योजना बनाइएको थियो।

बिज्ञापन

ठूलो परिमाणमा नक्कली नोटको तस्करी भइरहेको सूचनाका आधारमा छापा मार्दा १० जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको छ। साथै, सीतामढीको मेजरगञ्ज क्षेत्रमा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने कारखाना पनि ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट २५ लाख रुपैयाँ नेपाली नक्कली नोट, १८ हजार ५ सय रुपैयाँ भारतीय नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग हुने हाइटेक मेसिन, कागज, रसायन तथा अन्य सामग्री बरामद गरिएको छ।

यसका साथै तीन वटा मोटरसाइकल र एउटा कार पनि जफत गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka