Premier Cables
Premier Steel

समाचार

कांग्रेस पार्टी कार्यालयमा गगन थापा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०९, २०८२  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएसँगै सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।

केहीबेरअघि केन्द्रीय कार्यालय पुगेका थापाको उपस्थितिमा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणासम्बन्धी औपचारिक निर्णय गर्ने बताइएको छ।

बिज्ञापन

केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका हुन्।

उपसभापति भुसालका अनुसार सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमिति बैठक सुरु हुनेछ।

बैठक सम्पन्न भएपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम रहेको छ। अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन्।

उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka