Premier Cables
Premier Steel

राजनीति

देउवा पक्षीय कांग्रेस नेता डा. शेखरले भने- प्रयास गर्दा पनि विभाजन रोक्न सकिएन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०१, २०८२  | अपराह्न २:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकिएको बताएका छन्।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास असफल भएको उनले स्वीकार गरेका हुन्।

बिज्ञापन

बिहीबार जारी वक्तव्यमा कोइरालाले पार्टी एकताका लागि गरिएको प्रयास सफल हुन नसकेको उल्लेख गर्दै दोष–निर्दोषको बहसले राष्ट्रिय राजनीतिलाई थप जटिल बनाउने भएकाले त्यसतर्फ नजाने स्पष्ट पारेका छन्।

उनले सबै पक्षबाट केही न केही कमजोरी भएको स्वीकार गर्न आफूलाई कुनै संकोच नभएको बताएका छन्।

यस अवधिमा देखिएका र नदेखिएका अनेक अन्तरविरोधका बीच पार्टी अघि बढ्नुपरेको उल्लेख गर्दै कोइरालाले विभाजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तानाबाना बुन्ने प्रयाससमेत भएको आरोप लगाएका छन्।

राजधानी केन्द्रित षड्यन्त्र र कांग्रेसलाई कमजोर पार्न चाहने शक्तिको स्वार्थ रोक्न नसकिएको उनको भनाइ छ।

घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी इतिहासलाई सुम्पने पनि उनले बताएका छन्।

पार्टी एक भएर चुनावमा जानुपर्छ भन्नेमा सबैको इमानदार प्रयास भए पनि त्यसमा सफलता नमिलेको कोइरालाको निष्कर्ष छ। उनले वर्तमान अवस्थालाई स्मरण गर्दै बीपी कोइरालाको उदाहरण दिएका छन्।

बीपीले लोकतन्त्रका लागि जीवन दाउमा राखेर संघर्ष गर्दा पनि केही व्यक्ति र समूह पार्टीबाट अलग भएको र त्यसलाई बीपीले ‘नियतिको खेल’ भनेको प्रसंग उनले उद्धृत गरेका छन्।

अहिलेको अवस्थामा पनि कांग्रेस एकढिक्का हुन नसक्नुमा नियतिको भूमिका रहेको उनको भनाइ छ। साथै, कांग्रेसका अगाडि आठ दशक लामो इतिहास जोगाउँदै आगामी निर्वाचनमा जाने ठूलो चुनौती रहेको उनले उल्लेख गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka