Premier Cables
Premier Steel

अर्थ विराटनगर

स्टार्ट अप जिरो टु हिरो अन्तर्गत चार आईडिया छनोट, उद्यमशीलतामा व्यापार संघको सहजीकरण

Calendar बुधबार, पुष १६, २०८२  | साँझ ४:३२ बजे

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् ।

संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका उनीहरुले अब आईडिया स्टुडियो सिजन ९ मा सिधा प्रवेश पाएका छन् ।

बिज्ञापन

संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १० जिल्लाबाट ५२ आईडिया दर्ता भएको र क्याम्पमा सहभागी भई अन्तिम १५ छनोट गरिएको जनाएको छ।

विराट एक्स्पो स्थलमा दैनिक आयोजना भईरहेको थिमेटिक सेसनकै क्रममा आईडिया पिच गरेका मध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले पिच गरेका आईडिया उत्कृष्ट ठहर गरिएका हुन ।

उनीहरुको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रुपान्तरण गर्न संघले समन्वकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka