Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Calendar शनिबार, पुष १२, २०८२  | बिहान ९:१४ बजे

विराटनगर । विराट ट्रेड एक्पोस्मा अर्थ र वाणिज्यसंग सम्बन्धित विविध विषयमा प्रत्येक दिन थिमेटिक सेसन संचालन भइरहेको छ ।

आज (शनिबार) नयाँ कर संरचना र समसामयिक वातावरणमा व्यापार मूल विषयमा तीनवटा सेसन संचालन हुँदैछन् । पहिलो सेसनमा सिए सुरज तिम्सिनाको प्रस्तुत रहने छ ।

बिज्ञापन

यसैगरी दोस्रोमा नयाँ भन्सार कानुन तथा नियामक प्रावधान विषयमा भन्सार कार्यालय विराटनगरका बिमल कुमार शाहको प्रस्तुति रहने छ । तेस्रो सेसन जेन–जी आन्दोलनपछिको व्यवसाय शीर्षकमा केन्द्रीत रहने मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

यसको सहजीकरण न्यू बिजनेस एजका प्रधान सम्पादक मदन लम्सालले गर्नेछन् । प्यानलिस्टमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजू, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सिएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडा र कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला रहेका छन् ।

कार्यक्रम संयोजक अनिल शारडाका अनुसार छलफल बिहान ११ बजे एक्स्पो स्थलमा शुरु हुनेछ । एक्स्पोका अवसरमा हरेक दिन महत्वपूर्ण सेसनहरु संचालन भईरहेको र यसमा युवा, विद्यार्थी तथा सरोकारवालाको अर्थपूर्ण सहभागिता भई रहेको शारडाले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka