विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा बुधबार ‘सरकारको सहयोग र सामाजिक प्रभाव’ विषयमा थिमेटिक सेसन संचालन भएको छ ।
सरकारको स्टार्ट अप पोलिसीका विषयमा उमेश गुप्ताले प्रस्तुति दिने छन् ।
डिजिटल गुर्खाका सिईओ क्षितिज चन्द्र ओझाले सरकारको स्टार्ट अप नीतिबारे आफ्नो प्रस्तुति दिने छन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा समाजमा प्रभाव पार्ने आईडियाहरुको विषयमा समेत छलफल भएको हुँदैछ ।
बुधबारको छलफलमा ६ वटा स्टार्ट अप आईडिया समेत पिच हुनेछ । आइडिया पिचको सेसनका जुरीहरु आर्थिक सल्लाहकार मोहन सुवेदी, पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, अर्थशास्त्री डा. पिके झा, डिजिटल गुर्खाका सिईओ क्षितिज चन्द्र ओझा रहेका छन् ।
सेसन उद्घाटन गर्दै संघका अध्यक्ष राठीले खासगरी युवा र उद्यमी बन्न चाहनेहरुको लागि लक्ष्य गरेर आयोजना गरिएको बताए । उनले भने,‘‘उद्यमशीलता बढाउन प्रेरित गर्ने उद्देश्यसाथ आयोजना गरिएको हो ।’’
