Premier Cables
Premier Steel

अर्थ विराटनगर

अर्थमन्त्री खनालद्वारा विराट ट्रेड एक्सपो उद्घाटन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघद्वारा आयोजित विराट ट्रेड एक्स्पो को उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन्।

बुधबार आयोजित उद्घाटन समारोहमा अर्थमन्त्री खनालसँगै कोशी प्रदेश सरकारका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यापारी तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्ता औद्योगिक तथा व्यापारिक मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

आयोजकका अनुसार एक्स्पो मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ। मेलामा करिब २ लाख सर्वसाधारणले अवलोकन गर्ने र झण्डै २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन, औद्योगिक सामग्री, कृषि तथा प्रविधिसम्बन्धी स्टलहरू राखिएका छन्। एक्स्पोले उद्योगी, व्यापारी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने आयोजकको विश्वास रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka