Premier Cables
Premier Steel

अपराध

संगीतकार बाबुल गिरी तीन लाख धरौटीमा रिहा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०५, २०८२  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनलाई बुधबार हिरासतबाट छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

गायिका नितु पौडेल मृत अवस्थामा भेटिएको घटनापछि प्रहरीले गिरीमाथि अनुसन्धान थालेको थियो। नितुले अनामनगरस्थित गिरीकै स्टुडियोमा आत्मदाहको प्रयास गरेको भन्ने प्रारम्भिक तथ्य आएको थियो।

उता, पौडेल परिवारले नितु र बाबुल प्रेम सम्बन्धमा रहेको र बाबुलले विवाह गर्न अस्वीकार गरेपछि नितुले आत्महत्या गरेको दाबी गरेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka