Premier Cables
Premier Steel

अपराध

इटहरीबाट हराएकी मन्जुको शव धरानको सर्दु जलाधारमा फेला

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, मंसिर ०३, २०८२  | बिहान ६:५० बजे

धरान । सुनसरीको इटहरीबाट हराएकी मन्जु पौडेल निरौलाको शव पाँच दिनपछि धरान–४ स्थित सर्दु जलाधार क्षेत्रमा फेला परेको छ ।

इटहरी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया मन्जु गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । मन्जु घर नफर्किएपछि परिवारजनले हराएको भनी इलाका प्रहरी कार्यालय इटहरीमा हुलिया निवेदन दिएका थिए ।

निवेदन दिएको तीन दिनपछि कार्तिक २७ गते धरान उपमहानगरपालिका वडा नं. ४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेपछि प्रहरीले खोज तथा अनुसन्धान तीव्र पारेको थियो ।

उक्त पहिचान परिवारले मन्जुकै भएको पुष्टि गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टीकाराम खत्रीको कमाण्डमा ९ जनाको टोली घटनास्थलतर्फ पठाइएको थियो ।

धरान बजारदेखि करिब १३ किलोमिटर उत्तर–पूर्वमा पर्ने भएकाले खोजतलास गर्दा मंगलबार दिउँसो प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेतको नेतृत्वमा खटिएको अर्को टोलीले सर्दु जलाधार क्षेत्रको खोल्सामा मन्जुको शव मृत अवस्थामा फेला पारेको हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka