Premier Cables
Premier Steel

समाचार

गणतन्त्र र संविधान विरोधी गतिविधि कुनै पनि हालतमा स्वीकार्य छैन: गृहमन्त्री रमेश लेखक

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ३०, २०८२  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines

गृहमन्त्री रमेश लेखकले संविधान र गणतन्त्रविरोधी गतिविधि कुनै पनि हिसाबले स्वीकार्य नहुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदानबाट स्थापित गणतन्त्र र संविधानको संरक्षण सरकारको प्राथमिक जिम्मेवारी भएको बताए।

गृहमन्त्री लेखकले भने, “जुनसुकै वादका नाममा संविधान र गणतन्त्रविरोधी गतिविधिलाई स्वीकार्न सकिँदैन। त्यसलाई सरकार र जनस्तरबाट निरुत्साहित गर्न कडा कदम चालिनेछ।”

बिज्ञापन

गृह मन्त्रालयको जिम्मेवारीसँगै विराटनगर भ्रमणमा आएका मन्त्री लेखकले मोरङ कारागारको नयाँ भवन उद्घाटन र आइसीमा निर्माण भएको वायरहाउस हस्तान्तरण गरेका थिए। सो अवसरमा उनले मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको दाबी गरे।

गृहमन्त्री लेखकका अनुसार मुलुकको आर्थिक सूचकांक सकारात्मक दिशामा उन्मुख छ। “दश महिनाअघि मुलुकको आर्थिक अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा उल्लेखनीय सुधार देखिन्छ। विदेशी मुद्राको सञ्चिति बढेको छ, आर्थिक सूचकांकहरू सकारात्मक बनेका छन्, र नयाँ कानुनहरूको निर्माणले सुशासनलाई प्रवर्द्धन गरेको छ,” उनले भने।

दश महिनामा गठबन्धन सरकारले राजनीतिक स्थिरता कायम गर्न सफल भएको गृहमन्त्री लेखकको भनाइ छ। “प्रधानमन्त्रीले अहिले विश्वासको मत लिने आवश्यकता छैन। यो सरकार सबै निराशालाई आशामा बदल्ने उद्देश्यले काम गरिरहेको छ,” उनले थपे।

नीतिगत भ्रष्टाचार रोक्नका लागि संसद्मा रहेको विद्येयकका विषयमा छलफल भइरहेको बताउँदै गृहमन्त्री लेखकले भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। “सरकार निष्पक्ष, स्वतन्त्र, र पारदर्शी ढंगले गैरकानुनी गतिविधिहरूविरुद्ध कारबाही अघि बढाइरहेको छ,” उनले स्पष्ट पारे।

 

गठबन्धन सरकारको स्थायित्व

गठबन्धन सरकारका बारेमा उठेका प्रश्नहरूलाई खण्डन गर्दै गृहमन्त्रीले भने, “फोटो खिचेको वा फोन गरेको भरमा गठबन्धन हल्लिने छैन। यो सरकार कांग्रेस र एमालेबीचको सहमतिमा बनेको हो र यो आफ्नो अवधि पूरा गर्नेछ।”

दश महिनामा भएका उपलब्धिहरूको चर्चा गर्दै गृहमन्त्री लेखकले मुलुकमा सुशासन, कानुन निर्माण, र आर्थिक सुधारका लागि प्रभावकारी कदम चालिएको र यसले जनतामा आशा जगाएको बताए। “निराश हुनु पर्ने अवस्था छैन। सरकारले अपेक्षाअनुसारको काम गर्न सकेको छैन होला, तर सुधारोन्मुख प्रयासहरूले मुलुकलाई सकारात्मक दिशामा अघि बढाएको छ,” उनले निष्कर्ष निकाले।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka