Premier Cables
Premier Steel

विराटनगर

महानगरको सडक सौन्दर्यकरणका लागि सहयोग जुट्ने क्रम जारी 

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ३०, २०८२  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर / विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

बिज्ञापन

मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड फाइनान्सका शाखा प्रमुख हरिबहादर श्रेष्ठ र अप्रेसन इन्चार्ज मुकेश दाहालले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको समेत उपस्थितिमा इन्भेष्टमेन्ट एण्ड फाइनान्स चेक हस्तान्तरण गरेको थियो । बाँकी रकम दोस्रो चरणमा उपलब्ध गराइने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

इन्भेष्टमेन्ट एण्ड फाइनान्ससहित १९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३३ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये सबैमा तारजाली लगाइसकिएको छ । अब केही डिभाइडरमा मात्रै फूल रोप्न बाँधी छ । यसअघि रोपेका फूल र विरुवाका कारण विराटनगर सुन्दर देखिएको छ ।

महानगरका मेयर नागेश कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताउनुभयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa