Premier Cables
Premier Steel

अपराध

कार जल्यो जंगलमा, युवाको शव भेटियो पुलमुनि

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १५, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको शिवसताक्षीस्थित माईधारबाट बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार माईधारका ३३ वर्षीय सरोज शर्माको शव झापाकै बाह्रदशी गाउँपालिकामा फेला परेको हो।

प्रहरी स्रोतका अनुसार शर्मा हत्या भएका हुन् र घटनामा संलग्न रहेका केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

शर्मा कात्तिक ९ गते बिहान बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कारसहित घरबाट निस्केका थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए। केही दिनअघि उनी चलाउने सो कार मेचीनगर–१३ हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा भेटिएको थियो।

स्रोतका अनुसार शर्माको हत्यामा माईधारकै एक युवक र उनको समूहको संलग्नता देखिएको छ। पक्राउ परेकामध्ये एक व्यक्ति यसअघि मोटरसाइकल चोरी र लागुऔषध मुद्दामा समेत पक्राउ परेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka