Premier Cables
Premier Steel

अपराध

तिहारकै बेला प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ०३, २०८२  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले छापा मारेर प्रतिबन्धित लागू औषधसहित ७ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रादेशिक अनुसन्धान टोली (PIT) र इलाका प्रहरी कार्यालय पकली, सुनसरीको संयुक्त अपरेशनमा सुनसरीको रामधुनी नगरपालिका–७ निवासी २९ वर्षीय सुमन चौधरीलाई ब्राउन सुगर बिक्री वितरण गर्दै गरेको अवस्थामा ५.७३० ग्राम लागू औषधसहित पक्राउ गरिएको हो।

बिज्ञापन

घटनास्थलबाट लागू औषध कारोबारमा संलग्न धरान–१७ का ३३ वर्षीय सुमन राई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी टोलीले ईनरुवा–४ स्थितबाट इटहरी–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी–४ का २८ वर्षीय रोशन हरिजनलाई १९.०६९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

धरान–११ बाट बिकाश परियार, विजय परियार, र धरान–१७ का ३६ वर्षीय इन्द्र राईलाई लागू औषध डिकोलिक ५०० ट्याब्लेट र ट्रामोल ५०० ट्याब्लेटसहित नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका सबै व्यक्तिमाथि लागू औषध सम्बन्धी थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka