Premier Cables
Premier Steel

अपराध

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | साँझ ६:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। पोखराको चर्चित लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा तत्कालीन सामान्य प्रशासन मन्त्री तथा एमाले नेता राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख प्रतिवादी छन्। उनीहरूमाथि करिब ७८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मागदाबी दायर गरिएको हो।

बिज्ञापन

आयोगका अनुसार सो प्रकरणमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि संलग्न भए पनि उनलाई हाल मुद्दामा समावेश गरिएको छैन। अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

गुप्ता नेतृत्वको मन्त्रालयमा घूस लेनदेनको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए। घटनाको अनुसन्धानपछि अख्तियारले संलग्नलाई कारबाहीको दायरामा ल्याएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka