Premier Cables
Premier Steel

अपराध

नेपालका कुख्यात अपराधी भारतीय प्रहरीको इन्काउन्टरमा मारिए

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines

नयाँ दिल्ली । हत्या, डकैती र संगठित चोरीको अभियोगमा संलग्न एक नेपाली नागरिक भीम जोरा भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन्। दिल्लीको आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीले संयुक्त रूपमा चलाएको अपरेशनका क्रममा जोराको मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतीय प्रहरीका अनुसार जोरा एक कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख भारु पुरस्कार तोकिएको थियो। उनी नेपालबाट सञ्चालन हुने नेपाली अपराधी गिरोहका प्रमुख रहेको दाबी गरिएको छ।

जोरा विभिन्न उच्च-प्रोफाइल आपराधिक घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ। उनीमाथि सन् २०२४ मे महिनामा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या, र अक्टोबर २ मा गुडगाउँस्थित भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा २० लाख रुपैयाँ बराबरको चोरीमा संलग्न भएको आरोप छ।

यी घटनामा उनका सहयोगीहरू पक्राउ परेपछि सोधपुछमा जोराको नाम मुख्य योजनाकारका रूपमा खुलेको प्रहरीको दाबी छ।

गुडगाउँका एसपी राजेशकुमार फोगट र एसीपी ललित दलालको टोलीले सोमबार राति जोरालाई पक्रन खोज्दा उनले प्रहरीमाथि गोली प्रहार गरेका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka