Premier Cables
Premier Steel

समाचार

रुबी हत्या प्रकरण: आफैलाई आगो लगाएका पासवान प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ११:१० बजे
Hamro Biratnagar Headlines

जनकपुरधाम । रौतहटकी रुवी साहको हत्या आरोपमा रहेका लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नु अघि एक भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका छन्।

उक्त भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्पष्ट रूपमा स्वीकार गरेका छन्।

भिडियोमा उनले रुवीलाई मारेपछि आफ्ना हातहरू काँपिरहेको उल्लेख गरेका छन्। साथै, उनले रुवीको मृत्युपछि आफू बाँच्नुपर्ने कारण नदेखिएको बताएका छन्। पक्राउ परेपछि जेल जानुपर्ने र लामो समय सजाय भोग्नुपर्ने कुरा पनि उनले बताएका छन्।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव भेटिएको थियो ।

माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पताल पठाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka