Premier Cables
Premier Steel

समाचार

रुबी हत्या प्रकरण: आफैलाई आगो लगाएका पासवान प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ११:१० बजे

जनकपुरधाम । रौतहटकी रुवी साहको हत्या आरोपमा रहेका लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नु अघि एक भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका छन्।

उक्त भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्पष्ट रूपमा स्वीकार गरेका छन्।

बिज्ञापन

भिडियोमा उनले रुवीलाई मारेपछि आफ्ना हातहरू काँपिरहेको उल्लेख गरेका छन्। साथै, उनले रुवीको मृत्युपछि आफू बाँच्नुपर्ने कारण नदेखिएको बताएका छन्। पक्राउ परेपछि जेल जानुपर्ने र लामो समय सजाय भोग्नुपर्ने कुरा पनि उनले बताएका छन्।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव भेटिएको थियो ।

माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पताल पठाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka