Premier Cables
Premier Steel

अपराध

जब ठगले ‘डिएसपी हुँ’ भन्दै प्रहरीकै मोटरसाइकल कुदाए

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न ३:५८ बजे

सुनसरी । ठगी र चोरीजस्ता गतिविधिमा संलग्न विवादित व्यक्ति सुवास पौडेल प्रहरीकै सरकारी मोटरसाइकलमा हिँडिरहेको भेटिएपछि सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ।

रामधुनी नगरपालिकास्थित प्रस्तावित इलाका प्रहरी कार्यालयको को १ ब २३३४ नम्बरको मोटरसाइकल पौडेलले प्रयोग गरिरहेको अवस्थामा उनलाई झुम्का बजारबाट स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। पौडेलले आफू प्रहरी डिएसपी भएको भन्दै ठगी गर्ने, मोबाइल चोरी गर्ने कार्यमा सक्रिय रहेको खुलेको छ।

बिज्ञापन

स्थानीय व्यवसायी शम्भु बस्नेतका अनुसार पौडेलको गतिविधिप्रति शंका लागेपछि उनलाई समातिएको हो। पूर्व वडाध्यक्ष डेगराज फुँयालले चोरीमा संलग्न व्यक्ति खुलेआम प्रहरीको बाइक चढेर हिँड्नु गम्भीर विषय भएको भन्दै छानबिनको माग गरेका छन्।

इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालले पौडेलले हालै स्थानीय महिलाको मोबाइल चोरी गरेको पुष्टि गरे। पौडेल पूर्वमा पनि पटक–पटक ठगी आरोपमा पक्राउ परेका र कारागारसमेत बसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडा का अनुसार पौडेलमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

सरकारी मोटरसाइकल जस्तो संवेदनशील साधन विवादित व्यक्तिसम्म कसरी पुग्यो भन्ने विषयमा प्रहरीभित्रै छानबिन सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दोषी प्रमाणित भए कानुनी कारबाही हुने बताएका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka