Premier Cables
Premier Steel

कोशी प्रदेश

काेसीमा लागू पदार्थ सेवन गरी गाडी हाँक्ने ७ चालक र लागू औषधसहित ८ जना पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | साँझ ७:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको कनकाई नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी चलाउने सात जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार ९ गते सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा संकास्पद चालकहरूको स्वास्थ्य परीक्षण तथा ला.प.से. चेकजाँच गरेको थियो।

बिज्ञापन

जाँचको क्रममा यात्रुवाहक बसका २ जना चालक, २ जना सहचालक, एक जना ईभी सवारी चालक, एक जना टिपर चालक र एक जना मोटरसाइकल चालकले लागू पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका ती सबै ७ जना चालकमाथि इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

त्यसैदिन, झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पनि पक्राउ गरेको छ।

मोरङको सुनवर्षी नगरपालिका–८ का १९ वर्षीय अकमल मियाँलाई ४२.४४ ग्राम ब्राउन सुगरसहित प्रहरी चौकी सिक्कीले नियन्त्रणमा लिएको छ भने विराटनगर–१५ बाट लम्जुङका २५ वर्षीय रामकुमार गुरुङलाई १३.६५ ग्राम ब्राउन सुगरसहित र धरान–६ का २८ वर्षीय करण तामाङलाई ३.०४ ग्राम ब्राउन सुगरसहित लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले पक्राउ गरेको हो।

त्यस्तै, उर्लाबारी नगरपालिका–१ का २४ वर्षीय भीमबहादुर देवानलाई निषेधित औषधिका १८० ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय मधुमल्लाले पक्राउ गरेको छ।

धनकुटाको चौबीसे गाउँपालिका–७ का भूपेन लिम्बू र चौबीसे–६ का हेमबहादुर विकलाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय राजारानीले नियन्त्रणमा लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka