Premier Cables
Premier Steel

समाचार

जसपा नेतृले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १८, २०८२  | बिहान ११:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बुधबार रातिदेखि फेसबुकमा भाइरल भइरहेको भिडियोमा जसपाकी केन्द्रीय सदस्य यादवले पेस्तोल पड्काएको दृश्य स्पष्ट देखिन्छ । भिडियो कहाँ र कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।

बिज्ञापन

सप्तरीको बोदेबरसाइन नगरपालिका–५ निवासी डा. यादव जसपा नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले भिडियोको विषयमा अनुसन्धान प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । ‘भिडियो मैले पनि हेरेँ, उहाँलाई बोलाएर त्यस विषयमा सोधपुछ गर्छौं,’ उनले भने ।

उनका अनुसार सोधपुछ र अनुसन्धानपछि मात्र थप विवरण स्पष्ट हुनेछ र त्यसपछि कानूनी प्रक्रिया अगाडि बढाइनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa