Premier Cables
Premier Steel

समाचार

बाख्रा चोरीको आरोपमा खुकुरी हान्दा एक जनाको ज्यान गयो

नोट: यो समाचार ८ महिना अघिको हो

Calendar सोमबार, असार ०२, २०८२  | साँझ ५:५३ बजे

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा सोमबार राति खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ। चोरीको आरोपमा भएको विवादले ज्यान जाने गरी हिंसात्मक मोड लिएको हो।

सुरक्षा स्रोतका अनुसार राति करिब साढे २ बजे रामधुनी नगरपालिका–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी खसी र पाठो चोरी गर्दै गरेको आरोपमा शिवनगरका ४० वर्षीय सन्तोष चौधरीले खुकुरी प्रहार गरेका थिए।

सन्तोषले गोठबाट खसी र पाठो हराएको देखेपछि होहल्ला गर्दै राकेशलाई पछ्याएका थिए। उक्त क्रममा बाख्रा छोडेर भाग्न खोजेका राकेशमाथि उनले खुकुरी प्रहार गरेका थिए। प्रहार राकेशको दाहिने हातको नाडीमा लागेको थियो, जसले गर्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थाका राकेशलाई उपचारका लागि झुम्कास्थित साई अस्पताल लगिएको थियो। तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल मेडिकल कलेज बिराटनगर ल्याइएको थियो। बिहान करिब साढे ५ बजे उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

राकेशको मृत्यु भएपछि घटनाको अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ। थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka