Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

किर्गिस्तान लग्ने भन्दै २० जनालाई दिल्लीमा छाडे, ठग खोज्दै पीडित विराटनगरमा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

सन्तोष कुमार बास्तोला Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | बिहान ९:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ नेपालमा वैदेशिक रोजगारीका लागि विभिन्न व्यक्तिहरूको झुटा आश्वासन र प्रलोभनमा पर्नु कुनै नौलो कुरा होइन। यस्तै घटनामा संलग्न व्यक्ति फिरोज मन्सुर अहिले पनि फरार छन्। भक्तपुरका सन्तोष कुमार खड्का र देशभरका अन्य १९ जना ठगीको शिकार भएका छन्।

भक्तपुरका खड्का वैदेशिक रोजगारीको खोजीमा काठमाडौंको गङ्गबुस्थित सेफलाइन म्यानपावरमा पुगे। जनकपुरका फिरोज मन्सुरले आफूलाई म्यानपावरको प्रोपाइटर बताउँदै खड्कासँग “किर्गिस्तान” भन्ने देशमा कामको आकर्षक प्रस्ताव राखे। उनले सुरक्षा गार्डको जागिरको प्रलोभन दिँदै मासिक ८०० देखि १४०० डलरसम्म कमाइ हुने आश्वासन दिए।

बिज्ञापन

फिरोज मन्सुरले कृकिस्तान पठाउने नाममा खड्कासँग पासपोर्ट लिएर ६ लाख ३५ हजार रुपैयाँ बैंक खातामा जम्मा गराउन लगाए। यो रकम जम्मा गर्नका लागि खड्काले आफ्नो घरपरिवार र आफन्तसँग ऋण लिएका थिए। यस्तै, देशका पूर्वी मोरङदेखि पश्चिम रुकुमसम्मका २० व्यक्तिहरूले ५ देखि ७ लाख रुपैयाँसम्म बुझाएका थिए।

२०८१ साल चैत २२ गते फिरोजले काठमाडौंबाट दिल्ली जाने तयारी गराए। उनले २६ गतेको “कृकिस्तानको उडान” सुनिश्चित रहेको बताउँदै सबैलाई दिल्ली लगे। तर, १२ दिनसम्म उडानको प्रतीक्षामा दिल्लीमा बसेका उनीहरूले अन्ततः मन्सुरको ठगीको शिकार भएको महसुस गरे। मन्सुर १२ औं दिन दिल्लीबाट फरार भए।

१६ औं दिनमा मेनपावर सञ्चालकको सहयोगमा पीडितहरू नेपाल फर्किए। तर, उनीहरू अझै पनि ऋणको भार र समाजिक लाजले घर जान सकेका छैनन्। साहुसँगको ब्याजको चापले झन् ठूलो संकट सिर्जना भएको छ।

पीडितहरूले फिरोज मन्सुर विराटनगरमा लुकेर बसेको सूचना पाएका छन्। उनीहरू अहिले विराटनगरमा मन्सुरको खोजी गरिरहेका छन्। तर, स्थानीय प्रशासनको सहयोगबिना ठगीका मुख्य नाइकेलाई समात्न गाह्रो भएको उनीहरुको भनाइ छ ।

नेपालबाट दैनिक हजारौं नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिने गरेका छन्। तर, गलत व्यक्ति र संस्थाको चंगुलमा पर्दा ठगीको घटना बढ्दो छ।

यसप्रति सम्बन्धित निकाय र सरकार गम्भीर हुन आवश्यक छ। ठगी नियन्त्रण र वैदेशिक रोजगारीको नियमन गर्ने प्रणालीमा सुधार नगरिए, नेपाली नागरिकहरू यस्ता घटनामा पर्नु जारी रहनेछ।

यस्ता घटनालाई रोक्न, सरकार र वैदेशिक रोजगार विभागले कठोर नीति अवलम्बन गर्दै, ठगी नियन्त्रणका लागि सजगता र जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ।

(फरार फिरोज मन्सुरको सूचना भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पीडितहरूले सबैमा अपिल गरेका छन्।)

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa