Premier Cables
Premier Steel

अपराध

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी, पक्राउ पर्ने डरले फरार

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता अनुमति लिएको हो।

सीआईबी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिएपछि बानियाँ फरार भएका छन्। उनी २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा थिए।

विज्ञापन

यसैबीच, सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गर्न अनुमति लिएको छ। तर, अर्याल पनि हालसम्म फरार रहेको बताइएको छ।

नेपालबाट मलेसिया जाने श्रमिकसँग कानुनविपरीत रकम असुली गरिएको प्रकरणमा सीआईबीले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।

सीआईबीको अनुसन्धानअनुसार नीतिगत निर्णयको दुरुपयोग गरी श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गर्दा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको खुलेको छ।

उक्त आर्थिक अनियमितता प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka