Premier Cables

विराटनगर

देउवा पक्षको विराटनगर वडा अधिवेशनमा न्यून सहभागी

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | अपराह्न २:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । समानान्तर महाधिवेशनको घोषणा गरी अधिवेशनमा लागेको देउवा समूहको वडा अधिवेशन शुरु भएको छ । विराटनगरका वडाहरुमा पनि अधिवेशन जारी छ ।

कार्यतालिका अनुसार देउवा पक्षले असोज १८ सम्ममा वडा अधिवेशन सक्नु पर्नेछ । तर, यो पक्षको अधिवेशनमा खासै उत्साह र सहभागिता देखिएको छैन् ।

विज्ञापन

यस्तै दृश्य विराटनगर महानगरपालिका वडा नं १५ को अधिवेशनमा पनि देखियो । जारी अधिवेशनमा आठ जना सहभागी भएको देखिएको छ ।

बिहीबार अधिवेशन स्थल पुग्दा चार जना महिला कुर्सीमा बसिरहेको र अन्य चार जनाले नोमिनेसन हालिरहेको दृश्य देखिएको थियो । सुरक्षा दिन आएका एक जना सुरक्षाकर्मीसहित कुर्सीमा जम्मा ९ जना बसेको देखिन्थ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka