Premier Cables

खेलकुद

अफगानिस्तानमाथि नेपाल ५ विकेटले विजयी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | अपराह्न २:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

विज्ञापन

नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । उसका लागि फेसल शिनोजादाले ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ । यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो ।

नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनल पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka