Premier Cables
Premier Steel

अपराध

मोरङको बेलबारीमा ८ वर्षीया बालिका बलात्कृत, बाबु पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न १:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | मोरङको बेलबारीमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा उनका बाबु पक्राउ परेका छन्।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–८ की बालिकामाथि भदौ १ गते आफ्नै बाबुले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।घटनाबारे जानकारी पाएपछि पीडितकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएकी थिइन्।

बिज्ञापन

जाहेरी प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले आरोपित बाबुलाई पक्राउ गरेको हो।प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेकाले प्रहरीले अनुसन्धानबाट खुलेका तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka