Premier Cables
Premier Steel

अपराध

मोरङमा साढे सात लाख बराबरको अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ५:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छलेर नेपाल ल्याउँदै गरिएको ठूलो परिमाणको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनी मोरङ तथा मातहतका युनिटहरूबाट खटिएको टोलीले ७ लाख ४५ हजार ९८५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानहरूमा १ थान मोटरसाइकलसहित लत्ताकपडा, स्टेसनरी, मेडिकलका सामग्री तथा किराना सामानहरू रहेका छन्।

बिज्ञापन

सीमा इलाकाबाट नियन्त्रणमा लिइएका उक्त सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka