Premier Cables
Premier Steel

अपराध

ट्रयाक्टरको ठक्करबाट २० वर्षीया युवतीको मृत्यु

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सर्लाही | सर्लाहीको मलङ्गवामा ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकनजिकै पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ की २० वर्षीया गुरियाकुमारी गुप्ताको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको हो ।

बिज्ञापन

नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्रयाक्टरले गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनापछि घाइते गुप्तालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ । दुर्घटनालगत्तै ट्रयाक्टर चालक गोडैता नगरपालिका–११ का १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । मृतक गुप्ता मलङ्गवास्थित सर्लाही क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka