Premier Cables
Premier Steel

अपराध

केवाइसी अद्यावधिकका नाममा ठगी गर्ने समूहका चार जना पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन | बैंकबाट फोन गरेको भन्दै केवाइसी अद्यावधिक गर्न लगाउने र त्यस क्रममा ओटिपी कोड प्राप्त गरी सर्वसाधारणको खाताबाट रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैंकका बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने गरिएको पाइएको हो। ठगीमा संलग्न व्यक्तिहरूले फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी केवाइसी अद्यावधिक गर्नुपर्ने भन्दै स्क्रिन सेयर गर्न लगाउने गरेका थिए। त्यसपछि ओटिपी कोड प्राप्त गरी सम्बन्धित व्यक्तिको खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

बिज्ञापन

साइबर ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषणका क्रममा ठगीमा संलग्न रहेको आशंकामा चार जनाको पहिचान भएको थियो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट साउन ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बारा जिल्ला देउताल गाउँपालिका वडा नम्बर ४ का अभय तिवारी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका वडा नम्बर १६ का जयकुमार केवट, सोही नगरपालिका वडा नम्बर १७ का विद्या सागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का कुबेर थापा रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa