विराटनगर । मोरङ प्रहरीले अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरिएका चार वटा गोरु नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते सनिवार धनपालथान गाउँपालिका ७ हरकपुर क्षेत्रमा दुई जना व्यक्तिले चार वटा गोरु भारततर्फ लैजाँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ गोरु लिएर गएका व्यक्तिहरू गोरुहरू त्यहीँ छाडेर भारततर्फ फरार भएका प्रहरीले जनाएको छ।
बिज्ञापन
प्रहरीले चार वटै गोरु नियन्त्रणमा लिएर प्रहरी चौकी गडेरियामा राखेको छ। फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यस क्षेत्रबाट दैनिक रुपमा लागुऔषध र जनावार तस्करी हुने गरेको स्थानिय वासिन्दाले गुनासो गर्ने गरेका छन ।