Premier Cables
Premier Steel

अपराध

सिन्धुपाल्चोकमा करिब २ करोड ६९ लाख रुपैयाँ बराबरका अवैध भेप बरामद, एक पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | बिहान ११:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका अवैध रूपमा आयात गरिएका इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरीले बाह्रबिसे नगरपालिका–३ खागदल क्षेत्रमा सञ्चालन गरेको अभियानका क्रममा उक्त परिमाणमा भेप बरामद गरेको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडीबाट ७ हजार ७ सय थान भेप बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवैध रूपमा ओसारपसार गरिँदै गरेका भेपसहितको गाडीलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले नियन्त्रणमा लिएको हो। बरामद भेप, गाडी तथा पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa