Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०८, २०८३  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–३ स्थित भाडाको कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने २७ वर्षीय करन प्रधान र सोही स्थानका २१ वर्षीय अनिस परियार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको कोठाबाट TRAMOL-50 लेखिएको ३ हजार ९ सय ९० पिस तथा DICYCLOMINE HCL लेखिएको ३ हजार ९ सय ७० पिस गरी जम्मा ७ हजार ९ सय ६० पिस प्रतिबन्धित औषध बरामद गरिएको छ ।

त्यस्तै, लागूऔषध चरेसजस्तो देखिने पदार्थ ८ ग्राम ७५ मिलिग्राम समेत फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka