नोट: यो समाचार १ महिना अघिको हो
भक्तपुर । सार्वजनिक शान्ति सुरक्षामा असर पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दा ६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइनेछ ।
ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न युनिट परिचालन गरेर सञ्चालन गरिएको उक्त अप्रेसनमा सार्वजनिक स्थलमा अशान्ति मच्चाउने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने तथा समूहमा भेला भई होहल्ला र अनुचित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले पनि उक्त अप्रेसन सञ्चालन गरिएको हो ।
