Premier Cables
Premier Steel

अपराध

काठमाडौंमा गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २१, २०८२  | बिहान ११:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई पक्राउ गरेको छ।

अभियान सुरु भएसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले विभिन्न स्थानबाट १९५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

पक्राउ परेकामध्ये १८ जना गुण्डागर्दीमा संलग्न रहेको पुष्टि भएको अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा अशोक गिरी (सिन्धुपाल्चोक, मेलम्ची–७), वकिल वम (कालिकोट, पलाता), सुरेश गुरुङ उर्फ किमजोङ (खोटाङ, एंसेलुखर्क–१), संजिव राई (खोटाङ, एंसेलुखर्क–२), राजकुमार तामाङ (काभ्रे, पाँचखाल–४), बिनोद ठकुरी (काभ्रे, मण्डनदेउपुर–१०), शेर्पा लामा (काभ्रे, चुरिदेउराजी–७), राहुल राई (खोटाङ, कपिलासगढी), समेश तामाङ (नुवाकोट, दुप्चेश्वर–४), सुन बहादुर तामाङ (नुवाकोट, शिवपुरी–५), वीर बहादुर लामा (काभ्रे, मण्डनदेउपुर–१०) र महेश महत (ललितपुर, महाङ्काल) रहेका छन्।

त्यसैगरी, काठमाडौं प्रहरी परिसरले थप ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रविण तामाङ उर्फ ‘डिम्पल’ (श्याम लामा समूहसँग आवद्ध रही बौद्ध क्षेत्रमा सक्रिय), बिर्जु महर्जन (कलंकी–बाफल क्षेत्रमा सक्रिय), सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा सक्रिय), सरु हुमागाईं (स्यूचाटार क्षेत्रमा सक्रिय र पछिल्लो समय ग्याङ गठनमा संलग्न) तथा विकि लामा (बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न) रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka