Premier Cables
Premier Steel

अपराध

मोरङमा श्रीमतीद्वारा श्रीमानमाथि खुर्पा प्रहार

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १०, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा ३६ वर्षीय राजनकुमार अधिकारीमाथि धारिलो हतियार प्रहार भएको छ। शनिबार राति करिब १०ः३० बजे आफ्नै घरमा सुतिरहेका अवस्थामा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

आक्रमणबाट अधिकारीको टाउको, मुख, हात र कानमा गम्भीर चोट लागेको छ। उनको उपचार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भइरहेको छ। वैदेशिक रोजगारीबाट फागुन ५ गते मात्र घर फर्किएका अधिकारीमाथि भएको आक्रमणको जिम्मेवारी उनकी पत्नी रन्जना कार्की (अधिकारी) ले लिएकी छन्।

बिज्ञापन

प्रहरी नियन्त्रणमा रहेकी रन्जनाले प्रारम्भिक बयानमा आफूले खुर्पा प्रहार गरेको स्वीकार गरेकी छन्। तर घटनास्थलको अवस्था हेर्दा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंका प्रहरीले गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार घटनाको वास्तविक कारण र सम्भावित अन्य संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी छ।

घटनाबारे थप अनुसन्धान तथा अन्य सम्भावित संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka