Premier Cables
Premier Steel

राष्ट्रिय

पक्राउ परे दुर्गा प्रसाइँ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई पोखराबाट पक्राउ गरिएको हो।

प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेपछि पक्राउ गरिएको हो। आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई यस विषयमा अनुसन्धान अघि बढाउन पत्र पठाएको थियो।

प्रसाईंले हालै सार्वजनिक गरेको एक भिडियोमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाएका थिए। सोही अभिव्यक्तिलाई लिएर आयोगले अनुसन्धान आवश्यक ठहर गर्दै प्रहरीलाई सक्रिय बनाएको हो।

उक्त विषयमा प्रसाईंमाथि निर्वाचनसम्बन्धी कसुर तथा मुलुकी फौजदारी संहिताअन्तर्गतका कसुरमा कारबाही गर्नुपर्ने माग उठाइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka