Premier Cables
Premier Steel

समाचार

विशेष महाधिवेशन पक्षधरको रणनीतिः चुनावी प्रक्रियासँगै संस्थापनसँग वार्ता

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष २९, २०८२  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको हो।

यसअघि रहेको निर्वाचन समिति खारेज गर्दै केसीको नेतृत्वमा नयाँ समिति बनाइएको हो। यसअघि पार्टीले खम्बबहादुर खाँतीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो।

नयाँ निर्वाचन समितिका सदस्यमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन्।

हाल भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी रहेको छ। नेताहरूका अनुसार अब बाँकी प्रक्रिया अघि बढाइनेछ र नयाँ निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम अगाडि बढाउनेछ।

यसैबीच, संस्थापन पक्षसँग वार्ता पनि जारी रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka