Premier Cables
Premier Steel

अपराध

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी जिल्लामा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृतकको पहिचान कोसी गाउँपालिका–१ का विजय साहको रूपमा भएको प्रहरीले जानकारी दिएको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले भने, “राति १ बजे गोली चलेको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो, जहाँ विजय साह मृत अवस्थामा फेला परे।

बिज्ञापन

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) लौकही नजिकै पर्ने सो स्थानमा बुधबार राति करिब १ बजे गोली चलेको थियो ।

घटनास्थलमा गोलीका खोका पनि भेटिएका छन्। हामी अहिले गोली चलाउने व्यक्तिको पहिचान र घटनाको अनुसन्धानमा जुटेका छौँ।”

डीएसपी खड्काका अनुसार, विजय साहलाई सिटी रिक्सामा चिनी, सरफलगायतका सामान ल्याउँदै गरेको अवस्थामा देखिएको थियो। घटनास्थल भारतीय सीमाबाट लगभग ५०० मिटर टाढा रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka