Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Calendar शुक्रबार, पुष ११, २०८२  | बिहान ८:०० बजे

विराटनगर । विराट ट्रेड एक्स्पोमा अर्थ र वाणिज्यसंग  सम्बन्धित विविध विषयमा हरेक दिन थिमेटिक सेसन संचालन भइरहेको छ ।

आज शुक्रबार सूचना र प्रविधि सम्बन्धी छलफल हुने कार्यक्रम संयोजक अनिल शारडाले जानकारी दिएका छन् ।

बिज्ञापन

आजको पहिलो सेसनमा साइबर सेक्युरिटीको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) कवित कटुवालको प्रस्तुति रहने छ ।

यसैगरी दोस्रो सेसनमा एआई उधमशीलताका विषयमा छलफल हुनेछ । करुण थापाको प्रस्तुति रहने छ । तेस्रो सेसनमा डिजिटल मार्केटिङ र ई-कमर्सबारे छलफल हुने छ । यसमा इश्वर भण्डारीको प्रस्तुति रहने छ ।

संयोजक शारडाका अनुसार छलफल बिहान ११ बजे एक्सपो स्थलमा शुरु हुने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka