२०८२ जेठ ०१, बुधबार
Premier Cables

सेयर बजारमा १४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Hamro Biratnagar Calendar मंगलबार, बैशाख ३०, २०८२

साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित घटेको नेप्से अन्तिम समयमा १४.८७ अंकले घट्दै २६ सय ३४.२३ को विन्दुमा झरेर रोकिएको हो ।

बिज्ञापन

आज दिनभर कुल ३ सय १४ कम्पनीका २ करोड १८ लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६३ करोड ४८ लाखमा सीमित भएको छ । यसअघि आईतबार कारोबार रकम १० अर्ब माथि पुगेको थियो ।

बिज्ञापन

आज कारोबारमा आएकामध्ये १ सय ६८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७७ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

आज कारोबारमा आएकामध्ये विकास बैंक जीवन बीमा र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये क्रेस्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेगाश्री फम्र्यास्युटिकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement