Premier Cables
Premier Steel

अपराध

मेचीनगरको वनभित्र जलेको कार फेला, प्रहरीको अनुसन्धान जारी

Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न ३:११ बजे

विराटनगर । झापाको मेचीनगर नगरपालिका अन्तर्गत एक वनभित्र बिहीबार बिहान एउटा कार आगलागी भएको अवस्थामा फेला परेको छ।

चारआली–भद्रपुर सडकखण्डमा पर्ने मेचीनगर–१२ र १३ नम्बर वडाको सीमामा रहेको निजा झोडा वनक्षेत्रभित्र कार जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार बिहान करिब १०:३० बजेतिर निजा झोडाको गेटदेखि करिब दुई सय मिटरभित्र कार जलिरहेको सूचना पाएपछि प्रहरी र दमकल टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।

डीएसपी खड्काले भने, “प्रहरी पुग्दा कार पूर्ण रूपमा जलिरहेको अवस्थामा थियो। कार कसको हो, कहाँबाट ल्याइएको हो र कति नम्बरको हो भन्ने बारे हालसम्म केही खुल्न बाँकी छ।”

प्रहरीका अनुसार घटना रहस्यमय देखिएको छ र यसको कारण पत्ता लगाउन गहिरो अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक चरणमा यो अज्ञात व्यक्तिद्वारा गरिएको गतिविधि हुन सक्ने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka