Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा हेल्मेटभित्र भेटियो साढे ८ लाख रुपैयाँ,एकजना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८२  | राती ९:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । स्रोत नखुलेको करिब साढे ८ लाख रुपैयाँसहित एक व्यक्ति विराटनगरमा पक्राउ परेका छन्।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१२, सैनिक टोलमा चेकजाँचका क्रममा उक्त रकम फेला पारेको हो।

बिज्ञापन

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, भारतीय नम्बर प्लेट (BR 38 B 3328) भएको मोटरसाइकलमा सवार एक व्यक्तिलाई शंका लागेपछि रोकेर तलाशी लिँदा रकम भेटिएको हो।

प्रहरीका अनुसार, मोरङको जहदा गाउँपालिका–७ का ४६ वर्षीय नवीन साहले उक्त रकम हेल्मेटभित्र लुकाएर ल्याइरहेका थिए। हेल्मेटको भित्री भागबाट प्रहरीले नेपाली नोटहरू बरामद गरेको हो, जसमा १ हजार दरका ८००, ५ सय दरका ५१, १ सय दरका १४६, र ५० दरका १०२ थान नोटहरू थिए।

जम्मा ८ लाख ४७ हजार रुपैयाँ बरामद गरिएको र साहले रकमको स्रोत स्पष्ट गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको एसपी कटवालले जानकारी दिए।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka