Premier Cables
Premier Steel

अपराध

रामधुनीमा गोली प्रहार गरी सिटी चालकको हत्या, तीन जना संलग्न रहेको आशंका

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान ८:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित तनमुनामा एक चालकको गोली हानी हत्या गरिएको छ। हत्या भएको व्यक्ति ४७ वर्षीय स्थानीय बासिन्दा दिनेशकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समूहले चौधरीमाथि गोली प्रहार गरेका थिए। गोली लागेपछि चौधरी गम्भीर घाइते भएका थिए र घटनास्थलमै मृत्यु भएको आशंका गरिएको छ। घटनापछि ती तीन जना फरार भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले घटनामा गोली प्रहार नै भएको हो वा अन्य हतियार प्रयोग गरिएको भन्ने विषयमा पोष्टमार्टमपछि मात्र पुष्टि हुने जानकारी दिए।

चौधरीको शव कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले विभिन्न सम्भावित कोणबाट अनुसन्धान सुरु गरिसकेको छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka