Premier Cables
Premier Steel

अपराध

विराटनगरमा स्रोत नखुलेको साढे १४ लाख नगदसहित एक जना पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | अपराह्न ३:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको सो रकम प्रहरीले मंगलबार दिउँसो करिब १२ः४५ बजे फेला पारेको हो।

बिज्ञापन

मोरङ प्रहरी प्रवक्ता, डिएसपी कोपिला चुँडालका अनुसार, विराटनगर महानगरपालिका–१७ मा चेकजाँचको क्रममा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँलको टोलीले शंका लागेर एक मोटरसाइकल जाँच गरेको थियो।

विराटनगर–१८ निवासी ४१ वर्षीय वीरेन्द्र साहले चलाएको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल रोकी तलासी गर्दा लुकाएर ल्याइएको ठूलो रकम फेला परेको प्रहरीले जनाएको छ।

डिएसपी चुँडालका अनुसार, साहको साथबाट १ हजार दरका २८४ वटा र ५ सय दरका २,३३२ वटा नोट फेला परेका छन्, जसको कूल मूल्य १४ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ।

स्रोत खुलाउन नसकेको भन्दै साहलाई नियन्त्रणमा लिइएको छ भने यसबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको टोलीले गरिरहेको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने देखिएको छ।

डिएसपी चुँडालले अनुसन्धानपछि वास्तविक तथ्य बाहिर आउने जानकारी दिएकी छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka