Premier Cables
Premier Steel

अपराध

विराटनगरमा भाउजूमाथि तेजाब आक्रमण, देवर फरार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | अपराह्न १:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा एक महिलामाथि तेजाब प्रहार भएको छ। घरायसी विवादका क्रममा देवरले भाउजूमाथि तेजाब आक्रमण गरेका हुन्।

विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि सोमबार बिहान करिब १०:१५ बजे तेजाब प्रहार भएको हो।

बिज्ञापन

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार रागिनीका देवर श्रवण साह (उमेर २२, उपनाम ‘छोटु’) ले आक्रमण गरेका हुन्। आक्रमणपछि उनी फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तेजाब प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ भने उनको आँखामा भने असर नपरेको चिकित्सकले बताएका छन्। अहिले उनी विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छन् र अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ।

विवादको कारण लेनदेन
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी लेनदेन विवादकै कारण श्रवणले भाउजूमाथि तेजाब प्रहार गरेका हुन्। यस्ता घटनालाई नेपाली कानुनले गम्भीर आपराधिक अपराध मानेको छ।

तेजाब एक खतरनाक रसायन हो जसले छाला जलाउने, मासु पगाल्ने, अंग नष्ट गर्ने र दृष्टिसमेत गुमाउने असर पार्न सक्छ। औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने तेजाब मानव शरीरमा प्रयोग गर्नु गैरकानुनी र गम्भीर दण्डयोग्य अपराध हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka