Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारत–पाकिस्तान तनावः नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाइ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बिहिबार, बैशाख २५, २०८२  | अपराह्न २:०७ बजे

भारत–पाकिस्तानबीचको टकरावको प्रभाव नेपाल–भारत सीमावर्ती क्षेत्रमा परेको छ ।

भारतले पाकिस्तानको सीमावर्ती क्षेत्रमा मिसाइल आक्रमण गरेपछि भारतसँगको नेपाली सीमा क्षेत्रमा आवतजावतमा कडाइ गरिएको छ । सप्तरीको गोबरगाढादेखि पश्चिममा पर्साको ठोरीसम्म ४ सय ६४ किलोमिटर मधेश प्रदेशको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ ।

बिज्ञापन

नेपाल–भारतको खुला सिमानाका कारण दुवै देशका नागरिक सहज रूपमा आवतजावत गर्थे । तर, २२ अप्रिलमा भारतको काश्मिरको पहलगाममा भएको आतंककारी घटनापछि भारत–पाकिस्तानबीच तनाव बढेपछि नेपाल–भारतको सीमावर्ती क्षेत्रमा कडाइ गरिएको छ । धनुषाको जटही, जयनगर, महोत्तरीको भिठामोड, सम्सी, सर्लाहीको सोनवर्षा र पर्साको रक्सौलसहितका नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यी नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।

सीमा क्षेत्रमा सामान्यतया बिनाकुनै रोकतोक नागरिकहरू आवतजावत गर्ने व्यवस्था थियो । दैनिक रूपमा सयौँ नेपाली र भारतीय नागरिक सामान खरिद, स्वास्थ्य उपचार, रोजगार वा आफन्त भेट्न सीमा पार गर्थे । तर, पछिल्लो भारत–पाकिस्तानबीचको टकरावका कारण नेपाल–भारत सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरेर मात्र आवतजावतको अनुमति दिन थालिएको छ ।

भिठामोड सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनावले हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी कुनै पनि जोखिम लिन सक्दैनौँ ।’ उनका अनुसार विशेष गरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिमाथि विशेष निगरानी बढाइएको छ ।

जटहीमा नाकामा व्यवसाय गरिरहेका एक व्यापारीका अनुसार अहिले सीमामा कडाइ भएपछि सीमावर्ती भारतीय बजारमा सामान खरिद गर्ने नेपालीहरूको संख्या पातलिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka